दफा २४
खारेज भएका र पुन जारी गरिएका ऐन अन्तर्गत निकालिएका आदेश इत्यादि लागू भई रहने बारे

यो ऐन लागू भएपछि कुनै नेपाल ऐन केही रूपान्तर भई वा नभई खारिज भयो वा फेरि जारी भयो भने कुनै प्रतिकूल कुरा स्पष्टरूपले उल्लेख नभएमा खारेज भएका ऐनबमोजिम भएका नियुक्ति, सूचना, आदेश, योजना, नियम, फाराम वा उपनियम फेरि बनेको ऐनका कुरासँग नबाझेसम्म जारी नै रहनेछन्र नयाँ बनेका ऐनमा लेखिए मुताबिक भएका नियुक्ति, सूचना, आदेश, योजना, नियम, फाराम वा उपनियम नियमले नहटाएसम्म नयाँ बनेको ऐन बमोजम नै बनेको वा निकालिएको सम्झिनेछ ।